काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ।
बैठकमा पार्टीको संसदीय दलको विधान, संसदीय दलको नेताको निर्वाचन, समसामयिक राजनीति लगायतका विषयमा छलफल भइरहेको कांग्रेसको केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरले जानकारी दिए।
कांग्रेस संसदीय दलको निर्वाचन आज हुँदैछ। दलको नेताको विषयमा शीर्ष तहमासमेत छलफल जारी छ।



