मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पुर्व स्वास्थ्यमन्त्री पौडेलको सरकारलाई सुझाव : ओपिडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं

पुर्व स्वास्थ्यमन्त्री पौडेलको सरकारलाई सुझाव : ओपिडी सेवा नखुम्च्याऔं, बिरामीको सास्ती हटाऔं

images
२०८३ बैशाख १० गते, बिहिवार
२०८३ बैशाख १० गते, बिहिवार
  • काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री तथा पुर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेको बताएका छन्।

    images

    पौडेलले बिहीबार सामाजिक संजाल फेसबुकमार्फत सरकारलाई सुझाव दिंदै ओपिडी सेवा नखुम्च्याउन र बिरामीको सास्ती हटाउन सरकारलाई आग्रह गरेका हुन्। उनले बिदाको दिनमा ओपीडी सेवा नपाउँदा सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्चिएको र बिरामीलाई आर्थिक बोझ थपिएको भनेका छन्।

    images

    `केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेको छ। सरकारीमा मात्र रोकिएको ओपीडी सेवाले सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको छ भने अर्कोतिर बिरामीलाई आर्थिक बोझ थपिदिएको छ।´ पौडेलले भनेका छन्।

    पौडेलले विगतमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहँदा अतिरिक्त समय काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिएर सार्वजनिक बिदाका दिनमा समेत निरन्तर सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको पनि उल्लेख गरेका छन्।

    यसैगरी सरकारी अस्पतालहरूमा हुने सेवाग्राहीको चापलाई ध्यानमा राखेर ओपिडी सेवालाई दुई सिफ्टमा सञ्चालन गर्ने र Extended Health Service मार्फत सेवाको समय बढाउने जस्ता अन्य थुप्रै सुधारका कामहरू सुरुवात गरेको, स्वास्थ्य सेवा विशिष्ट सेवा भएकोले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि थप प्रोत्साहन भत्ता (Incentive) दिन अध्ययन प्रतिवेदन तयार गरी त्यसको कार्यान्वयन सुरु गरेको तथा अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्न पहिलो चरणमा २५०० नयाँ जनशक्ति थप गर्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको उल्लेख गरेका छन्।

    यस्तै उनले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामार्फत आम नागरिकलाई सहज र सरल रूपमा गुणस्तरीय सेवा उपलब्ध गराएर निजी क्षेत्रलाई पनि प्रोत्साहन गरेर मात्र समग्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बनाउन सकिने भन्दै सरकारलाई त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन्।

    उनले अगाडी भनेका छन, `स्वास्थ्य जस्तो संवेदनशील विषयमा नागरिकलाई सेवाबाट बञ्चित गर्ने होइन यसलाई अझ बढी विस्तार गर्ने नीति आवश्यक रहेको हुँदा हिजोका दिनमा सुरुवात गरिएका समग्र सुधारका विषयहरूलाई निरन्तरता दिएर स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमुखी बनाउन सरकारसँग विशेष अनुरोध गर्दछु।´

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend