मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सुरक्षित आवास र प्राविधिक क्षमताको विकासका लागि रेडक्रसद्वारा इन्जिनियरलाई तालिम

सुरक्षित आवास र प्राविधिक क्षमताको विकासका लागि रेडक्रसद्वारा इन्जिनियरलाई तालिम

images
२०८३ बैशाख ९ गते, बुधवार
२०८३ बैशाख ९ गते, बुधवार
  • भक्तपुर। नेपाल रेडक्रस सोसाइटीले सुरक्षित आवास निर्माण र प्राविधिक क्षमताको विकासका लागि भक्तपुरको नगरकोटमा इन्जिनियरहरुका लागि “नेपाल नेशनल बिल्डिङ कोड (NBC)” सम्बन्धी ७ दिने तालिम आयोजना गरेको छ।

    images

    रेडक्रसको आर्थिक तथा सहरी विकास तथा भवन निर्माण विभागको प्राविधिक सहयोगमा मंगलबारबाट सो तालिम सुरु भएको हो। तालिममा नेपाल रेडक्रस सोसाइटीका १२ जना तथा विभिन्न नगरपालिकाबाट ८ जना गरी २० जना इन्जिनियरहरू सहभागी छन्।

    images

    तालिमको उदघाटन सत्रलाई सम्बोधन गर्द नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्लले मापदण्डअनुसारको सुरक्षित र दिगो निर्माणमा सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए।
    उनले तालिमबाट हासिल ज्ञान र सीपलाई व्यवहारमा लागु गर्न सहभागीहरूलाई आग्रह पनि गरे।

    कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै केन्द्रीय कार्यसमिति सदस्य डा. गंगाधर अधिकारीले सुरक्षित संरचना निर्माणका लागि नेपाल नेशनल बिल्डिङ कोडको प्रभावकारी कार्यान्वयन अत्यावश्यक रहेकोमा जोड दिए।

    नेपाल रेडक्रस सोसाइटीका निमित्त कार्यकारी निर्देशक मोना अर्यालले संस्थाले विपद् जोखिम न्यूनीकरण तथा सुरक्षित पूर्वाधार निर्माणमा गरिरहेका पहलहरूबारे जानकारी गराउँदै यस्ता तालिमले स्थानीय स्तरमा गुणस्तरीय निर्माण प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे।

    त्यसैगरी, लक्जेम्बर्ग रेडक्रसका प्रतिनिधि एना क्यारोलिनाले नेपालमा सुरक्षित आवास निर्माण र प्राविधिक क्षमताको विकासमा यस्ता तालिमहरूको महत्वपूर्ण भूमिका रहने बताए।

    उनले अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्थानीय तहसम्म प्राविधिक ज्ञान विस्तार गर्नु आजको आवश्यकता भएकोसमेत बताए।

    सात दिनसम्म सञ्चालन हुने कार्यक्रममा नेपाल नेशनल बिल्डिङ कोडसँग सम्बन्धित विभिन्न प्राविधिक विषयहरूमा गहन छलफल र व्यावहारिक अभ्यास गरिने बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend