काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न बैशाख ११ गते निर्वाचन हुने भएको छ।
कांग्रेसको संसदीय दलको निता चयन गर्न बनाइएको निर्वाचन समितिले सोमबार निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।
जसअनुसार वैशाख ९ गते विधान तथा निर्वाचन निर्देशिका सम्बन्धी छलफल, १० गते १ बजे मतदाता नामावली प्रकाशन हुने निर्वाचन समितिकी सदस्य कांग्रेस केन्द्रीय सदस्य मुना भुसालले जानकारी दिइन्।
यसैगरी बैशाख १० गते नै १ः ३० बजे नामावली उपर दाबी विरोध, १ः ४५ बजे दाबी विरोध उपर जाँचबुझर २ बजे अन्तिम नामावली प्रकाशन हुनेछ।
बैशाख ११ गते बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने १२ः १० बजे उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन हुनेछ। सोही दिन दिउँसो ४ देखि ५ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरिएको छ।
प्रतिनिधिसभाका कांग्रेसका ३८ सांसद छन्। संसदीय दलको नेताका लागि नेता अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे र निश्कल राईले इच्छा देखाएका छन्।



