मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चिकित्सक संघ निर्वाचन : उपत्यका बाहिर कहाँ कति मत खस्यो?

चिकित्सक संघ निर्वाचन : उपत्यका बाहिर कहाँ कति मत खस्यो?

images
२०८३ बैशाख ६ गते, आइतवार
२०८३ बैशाख ६ गते, आइतवार
  • काठमाडौ। नेपाल चिकित्सक संघको नयाँ नेतृत्व चयन गर्न पहिलो चरणको निर्वाचन अन्तर्गत काठमाडौँ उपत्यका बाहिर तोकिएको मतदान सम्पन्न भएको छ। 

    images

    केन्द्रीय निर्वाचन समितिका अनुसार संघको केन्द्रीय कार्यकारिणी समिति (२०८२-२०८५) का लागि बैशाख ४ र ५ गते काठमाडौँ उपत्यका बाहिर सम्पन्न निर्वाचनमा पहिलो दिन १ हजार ९४२ र दोस्रो दिन २ हजार ३०२  गरि कुल ४ हजार २४४ मत खसेको छ।

    images

    निर्वाचन समितिका अनुसार उपत्यका बाहिर २२ वटा मतदान केन्द्र तोकिएको थियो। जसमध्ये सबैभन्दा बढी ५४८ मत चितवनमा खसेको निर्वाचन समितिले जनाएको छ। यस्तै कोशीमा ५२५ र गण्डकीमा ४६६ मत खसेको छ। सबैभन्दा कम मत डडेल्धुरा केन्द्रमा खसेको हो। सो केन्द्रमा १८ मत खसेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।

    समितिका अनुसार दोस्रो चरणको निर्वाचन आगमी बैशाख १८ र १९ गते गरि दुई दिन काठमाडौँमा हुने छ। त्यसपछि मात्र उम्मेदवारले प्राप्त गरेको मत गणना हुनेछ।
    संघको विधानमा १९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने ब्यवस्था छ।

    संघको नेतृत्वका लागि यस पटकको निर्वाचनमा तीन वटा प्यानल निर्वाचनमा होमिएको छ। निर्वाचनमा डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषाल प्यानल बनाएरै मैदानमा भिडेका छन्। तीनै समुहबाट गरि कुल ५५ जना चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन समितिले जनाएको छ। 

    संघको विधानमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, प्रत्येक प्रदेशबाट १–१ जना गरी ७ उपाध्यक्ष, महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह-कोषाध्यक्ष १ र सदस्य ६ गरी कुल १९ जनाको केन्द्रीय कार्यसमिति निर्वाचित हुने ब्यवस्था छ।

    कहाँ कति मत खस्यो हेरौं

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend