मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

तिलगंगा आँखा प्रतिष्ठान र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच सम्झौता

तिलगंगा आँखा प्रतिष्ठान र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच सम्झौता

images
एक्सरे नेपाल
२०८३ बैशाख ३ गते, बिहिवार
एक्सरे नेपाल
२०८३ बैशाख ३ गते, बिहिवार
  • काठमाडौँ। आँखा स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानलाई थप सुदृढ बनाउने उद्देश्यसहित तिलगंगा आँखा प्रतिष्ठान र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच संस्थागत सम्झौता भएको छ। सो सम्झौतामा दुई पक्षीय आदानप्रदानमार्फत शिक्षण, अनुसन्धान र व्यावसायिक क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिइएको छ।

    images

    बुधबार तिलगंगा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा दुई संस्थाबिच व्यावसायिक क्षमता अभिवृद्धि गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

    images

    सम्झौता अनुसार अब तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ प्राध्यापकहरूले नियमित रूपमा धरानस्थित बिपी प्रतिष्ठानमा आँखाका विभिन्न उपविशेषज्ञता सेवा अन्तर्गत ओपिडी तथा शल्यक्रिया सेवा सञ्चालन गर्नेछन्। 

    यसैगरी तिलगंगाले बिपी प्रतिष्ठानमा आरओपी स्क्रिनिङ्ग, उप विशेषज्ञ शल्यक्रिया तथा लेजरसम्बन्धी तालिम प्रदान गर्नेछ भने त्यहाँका प्राध्यापक तथा रेसिडेन्ट चिकित्सकहरूका लागि शैक्षिक कक्षाहरू पनि सञ्चालन गरिनेछ।

    उक्त सहकार्यले अनुसन्धानको क्षेत्रलाई पनि समेट्नेछ, जहाँ क्लिनिकल तथा सामुदायिक आँखा स्वास्थ्यका विभिन्न विषयमा प्रतिष्ठानलाई सहयोगात्मक अनुसन्धान केन्द्रका रूपमा समावेश गरी संयुक्त अनुसन्धान कार्यक्रम अगाडि बढाइनेछ। त्यस्तै, प्रतिष्ठानका रेसिडेन्ट चिकित्सकहरूले तिलगंगामा आएर विभिन्न उप विशेषज्ञ क्लिनिकहरूमा ‘क्लिनिकल पोस्टिङ्ग’ को अवसर पाउने दाबी गरिएको छ।

    सम्झौतामा तिलगंगाका प्राध्यापकहरूले प्रतिष्ठानद्वारा सञ्चालन गरिने प्राध्यापक क्षमता अभिवृद्धि तालिममा सहभागिता जनाउने र पूर्वी क्षेत्रका अन्य आँखा अस्पतालहरूलाई समेत सामेल गराई बिपी प्रतिष्ठान परिसरमा नियमित चिकित्सकीय शिक्षा कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। साथै, दुवै संस्था मिलेर आँखा जाँच शिविर तथा शल्यक्रिया शिविरहरू पनि आयोजना गर्नेछन्।

    सम्झौता पत्रमा तिलगंगाका तर्फबाट कार्यकारी प्रमुख प्रा. डा. सन्दुक रुइत र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा. डा. विक्रमप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend