काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग छलफल गर्दैछन्।
यसअघि सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग भेटेक प्रधानमन्त्री बालेनले आज संसदमा प्रतिनिधित्व गर्ने सबै दलका समानुपातिक सांसदहरूलाई एकैपटक भेट्न लागेका हुन्। भेटघाट मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा आयोजना हुँदैछ।
उनले सांसदहरूसँग प्रदेशगत रुपमा स्थानीय समस्या र समाधानका उपाय बारे जानकारी लिइरहेका छन्। यसरी हुने छलफलमा प्रधानमन्त्रीको विज्ञ समूह पनि बस्दै आएको छ। सो समुहले सांसदहरूबाट आएका गुनासा र समस्याको टिपोट गर्ने गरेको छ।
प्रतिनिधि सभामा कुल ११० जना समानुपातिक सांसद छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ ५७ सिट पाएको छ। यसैगरी कांग्रेसले २० सिट, एमालेले १६ सिट, नेकपाले ९ सिट, श्रम संस्कृति पार्टी र राप्रपाले समान ४-४ सिट पाएका छन्।



