मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पूर्वप्रधानमन्त्री ओलीको `पत्थरी´ को शल्यक्रिया हुँदै

पूर्वप्रधानमन्त्री ओलीको `पत्थरी´ को शल्यक्रिया हुँदै

images
२०८२ चैत्र ३० गते, सोमवार
२०८२ चैत्र ३० गते, सोमवार
  • काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पित्तथैलीको पत्थरीको शल्यक्रिया गर्न अस्पताल भर्ना गरिएको छ।

    images

    ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा रहेको स्वास्थ्य परीक्षणका क्रममा देखिएको थियो। उनको शल्यक्रिया महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा डा.पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले गर्दै छन्।

    images

    ओलीलाई शल्यक्रियाका लागि केहीबेर अघिमात्रै अप्रेसन थिएटरमा लगिएको अस्पतालका निर्देशक डा. सुवास आचार्यले जानकारी दिए।

    ‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पित्तथैलीको पत्थरीको अप्रेसनका लागि भर्ना गरिएकोमा भर्खरै अप्रेसन थिएटरमा लगिएको छ।’ डा. आचार्यले भने।

    उनका अनुसार ओलीको थप स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले स्टेटमेन्ट मार्फत जानकारी गराउने छ। 

    यसअघि जेन-जी आन्दोलनको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनको सिफारिसका आधारमा प्रहरीले ओलीलाई गत चैत १३ गते भक्तपुर, गुण्डुस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।

    सो क्रममा स्वास्थ्यमा समस्या आएका उनलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो भने, त्यही परीक्षण गर्दा पत्थरी देखिएको थियो। उनी हाल सर्वोच्च अदालतको आदेशका आधारमा रिहा भइसकेका थिए। रिहा भएको केही दिनपछि उनी निवासमै आराम पश्चात् अस्पताल पुगेका हुन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend