मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पूर्व संस्थापन पक्षलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह : अदालत होइन महाधिवेशनमा लागौं

पूर्व संस्थापन पक्षलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह : अदालत होइन महाधिवेशनमा लागौं

images
२०८२ चैत्र २९ गते, आइतवार
२०८२ चैत्र २९ गते, आइतवार
  • दाङ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुद्दा मामिला नभएर महाधिवेशनको तयारीमा लाग्न पार्टीको पुर्व संस्थापन पक्षधरलाई आग्रह गरेका छन्।

    images

    निर्वाचन समीक्षा कार्यक्रमका क्रममा दाङ पुगेका महामन्त्री पौडेलले महाधिवेशनले सबैलाई समेट्ने भन्दै असन्तुष्टिको विषयलाई समेत महाधिवेशनमै लिएर जान आग्रह गरे।

    images

    'यो समय मुद्दा मामिलाको हैन, महाधिवेशनको हो,' उनले भने,' महाधिवेशनको मिति घोषणा भएर प्रक्रिया नै अघि बढिसकेको अवस्थामा यसमा सहभागी भएर आफ्नो विषय राख्नुमै सबैको हित छ। म साथीहरुलाई अदालततिर मुद्दामामिला हैन महाधिवेशनमै ध्यान केन्द्रीत गर्न आग्रह गर्छु।'

    महामन्त्री पौडेलले महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै यसैले कांग्रेसमा नयाँ उर्जा र गति दिने बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend