मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चिकित्सक संघले भन्यो  : आइतबार ओपीडी संचालन गर्न सकिँदैन, निर्णय फिर्ता होस्

चिकित्सक संघले भन्यो  : आइतबार ओपीडी संचालन गर्न सकिँदैन, निर्णय फिर्ता होस्

images
२०८२ चैत्र २८ गते, शनिवार
२०८२ चैत्र २८ गते, शनिवार
  • काठमाडौँ। नेपाल चिकित्सक संघले आइतबारको सार्वजनिक बिदामा सरकारी अस्पतालमा ओपीडी संचालन गर्न नसकिने बताउँदै सो निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ।

    images

    संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरिएको प्रेस विज्ञप्ति प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

    images

    `इन्धन अभावका कारण हप्तामा दुई दिन बिदा दिने निर्णय गरिएकोमा स्वास्थ्य संस्थाको हकमा ओपीडी समय थप बढाइ इन्धनको थप अपब्यय गरिनु अत्यन्त अब्यवहारिक रहेको र मन्त्रिपरिषदले निर्णय गरि राजपत्रमा उल्लेख गरिएको अवस्थामा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय कार्यान्वयन नहुनुले स्वास्थ्य संस्थाहरुमा थप अन्योल सिर्जना हुने हुनाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त निर्णय फिर्ता लिई उचित निर्णय गर्न संघ जोडदार माग गर्दछ।´ संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

    संघले ज्यादै न्यून सेवा सुविधा दिइ जबरजस्ती सेवामा खटाउने परिपाटी अन्त्य नभए चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संघर्षमा उत्रन बाध्य हुने र सो को जिम्मेवार मन्त्रालय स्वयं हुने चेतावनी दिएको पनि दिएको छ।

    संघका महासचिव डा. सञ्जीव तिवारीद्वारा जारी प्रेस विज्ञप्तिमार्फत संघले अस्पतालहरुमा जनशक्ति थप गर्न आग्रह गर्दा पनि नथपिएकाले आइतबार ओपीडी सेवा उपलब्ध गराउन नसकिने उल्लेख गरेको छ।

    `नेपाल सरकार मन्त्रिपरिषद्को बैठकद्वारा हप्ताको दुई दिन शनिबार र आइतबार सरकारी बिदा दिने निर्णय गरिएको भएतापनि अस्पतालहरुले आइतबारको हकमा आफ्नो कामको चाप र जनशक्ति हेरी ओपीडी सेवा उपलब्ध गराउन अनुरोध गरिएकोमा अस्पतालहरुमा जनशक्ति नथपिएकोले तत्कालका लागि आइतबार ओपीडी सेवा उपलब्ध गराउन सकिंदैन।´ प्रेस विज्ञप्तिमा भनिएको छ।

    चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ९ बजेदेखि ५ बजेसम्मको ड्युटी बाहेक Oncall, round, emergency लगायतका सेवा २४ घण्टा प्रदान गरिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण रहेकोसमेत संघले भनेको छ।

    सरकारले स्वास्थ्य संस्थामा जनशक्तिको वैज्ञानिक व्यवस्थापन नगरेसम्म मन्त्रालयको उक्त अनुरोध कार्यान्वयन गर्न नसकिने र कामको चापका कारण गुणस्तरीय सेवा प्रवाहमा समस्या देखापर्ने सम्भावना रहेको संघले बताएको छ।

    अस्पतालका कर्मचारीहरुलाई हप्तामा शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने व्यवस्था गर्न र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा उपलब्ध गराउने भनिएकोमा विगतमा विभिन्न कानुनी कारण देखाई चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सट्टा बिदा उपयोग गर्नबाट वञ्चित गरिएको भनिएको छ।

    साअथै विभिन्न स्वास्थ्य संस्थामा फरक फरक दिन बिदा दिने व्यवस्थाले निरन्तर सेवा दिने कर्मचारीहरु अन्योलमा पर्ने, एकरूपता नहुने तथा बिरामीहरू पनि अन्योलमा पर्ने अवस्था भएको जसले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुर्‍याउने देखिएको संघको ठहर छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend