मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

श्रम मन्त्रालयमा नयाँ मन्त्री, उद्योगले पनि पायो मन्त्री

श्रम मन्त्रालयमा नयाँ मन्त्री, उद्योगले पनि पायो मन्त्री

images
२०८२ चैत्र २७ गते, शुक्रवार
२०८२ चैत्र २७ गते, शुक्रवार
  • काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले रिक्त दुई मन्त्रलयमा मन्त्री नियुक्त गरेका छन्।

    images

    प्रधानमन्त्री शाहले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादव नियुक्त गरेका हुन्। उनीहरूको पद तथा गोपनियताको शपथ आजै हुने बताइएको छ।

    images

    प्रधानमन्त्री कार्यालयले नवनियुक्त मन्त्रीहरूका बारे राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकेको र आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो।

    नवनियुक्त दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्। यसअघि श्रम मन्त्री रहेका दीपक साहलाई प्रधानमन्त्री शाहले बिहीबार जिम्मेवारीबाट हटाएका थिए भने उद्योग मन्त्रालय रिक्त थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend