मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

औषधिको मूल्य वृद्धिमा अनियमितता प्रकरण : तीन सदस्यीय समिति गठन गरेर छानबिन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

औषधिको मूल्य वृद्धिमा अनियमितता प्रकरण : तीन सदस्यीय समिति गठन गरेर छानबिन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

images
२०८२ चैत्र २७ गते, शुक्रवार
२०८२ चैत्र २७ गते, शुक्रवार
  • काठमाडौँ। प्रधानमन्त्री कार्यालयले औषधिको मूल्य वृद्धिको विषयमा तीन सदस्यीय विज्ञ सम्मिलित छानबिन समिति गठन गर्न स्वास्थ्य सचिव विकास देवकाेटालाई निर्देशन दिएको छ।

    images

    बिहीबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै औषधिको मूल्य बढाउन भुमिका खेलेको आशंकामा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई कारबाही स्वरुप मन्त्रालय तानेकी थिइन्।

    images

    प्रधानमन्त्री कार्यालयमा परेको उजुरीका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मूल्य वृद्धिको विषयमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो। सो निर्देशनपछि मन्त्रालयले ढकाललाई मन्त्रालय हाजिरी हुने गरि तानेको थियो।

    औषधि ब्यवस्था बिभागको मिलेमतोमा अरबौँको घोटाला गर्दै मूल्य बढाइएको भन्दै गत बुधबारको प्रतिनिधिसभा बैठकमा सांसद राजिब खत्रीलेसमेत यो विषय उठान गरेका थिए।

    ढकाल मन्त्रालय तानिएपछि पनि सो सम्बन्धमा छानबिन गर्न प्रधानमन्त्री कार्यालयले तीन सदस्यीय विज्ञ सम्मिलित छानबिन समिति गठन गर्न निर्देशन दिएको हो। मन्त्रालयलाई छानबिन समिति बनाएर त्यसको प्रतिवेदन सात दिन भित्र बुझाउन भनिएको छ।

    ‘औषधिको मूल्य वृद्धिबारे भएको के हो ? मूल्य निर्धारणका प्रक्रिया के के हुन्? अनियमिततामा को को संलग्न छन् सत्य तथ्य खुलाएर प्रतिवेदन पेस गर्नु’, प्रधानमन्त्री कार्यालयले दिएको निर्देशनमा भनिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend