मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हाजिरी जमानीमा छुटे ओली र लेखक

हाजिरी जमानीमा छुटे ओली र लेखक

images
२०८२ चैत्र २६ गते, बिहिवार
२०८२ चैत्र २६ गते, बिहिवार
  • काठमाडौँ। प्रहरीले नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुर्व गृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा रिहा गरेको छ।

    images

    सर्वोच्च अदालतको परमादेश अनुसार प्रहरीले ओली र लेखकलाई रिहा गर्ने निर्णय गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूलाई खोजी भएका बेला उपस्थित हुने गरि परिवारको जिम्मा लगाएको हो।

    images

    जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले ओलीलाई अस्पताल परिसरमा नै परिवारको जिम्मा लगाइएको जानकारी दिए।

    गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि दमन गरेको भन्दै गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय छानबिन आयोगको सिफारिसका आधारमा प्रहरीले गत चैत १४ गते उनीहरूलाई पक्राउ गरेको थियो। आयोगले ओली र लेखकलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

    उनीहरू पक्राउ परेपछि सर्वोच्च अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलले उनीहरूलाई चैत २५ भन्दा पछि हिरासत मुक्त गर्न आदेश दिएका थिए। सो बखत पुन: चौंथो पटक म्याद नथप्न र अनुसन्धान पुरा नभएमा हिरासतमुक्त गरेर थप अनुसन्धान र तहकिकातको काम सम्पन्न गर्न परमादेश जारी भएको थियो।

    त्यसअघि चैत २१ गतेबाट लागु हुने गरी काठमाडौँ जिल्ला अदालतले तेस्रो पटक ५ दिनको म्याद थप गरेर अनुसन्धान जारी राखेको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend