मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य बीमा मार्फत जनसाधारणलाई गुणस्तरीय सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध छ : श्रम मन्त्री साह

स्वास्थ्य बीमा मार्फत जनसाधारणलाई गुणस्तरीय सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध छ : श्रम मन्त्री साह

images
२०८२ चैत्र २५ गते, बुधवार
२०८२ चैत्र २५ गते, बुधवार
  • काठमाडौँ। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताएका छन्।

    images

    स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको एक दशक पुगेको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले बीमा कार्यक्रमार्फत जनसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताए।

    images

    कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डिल्लीराम शर्माले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा देखिएका गुनासा सम्बोधन गर्न मन्त्रालय तयार रहेको बताए।

    स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक कृष्णप्रसाद पौडेलले सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई एकद्वारबाट कार्यान्वयन गर्ने, संस्थागत सुधार, प्रविधिको अधिकतम प्रयोग र समयमै दाबी फरफारक गर्न सक्नेगरी क्षमता अभिवृद्धि गर्नेतर्फ आफूहरू लागेको बताए।

    एक दशकमा देशको करिब एकतिहाई जनसङ्ख्यामा बीमा कार्यक्रम पुगेको छ । बीमा प्रिमियम तिर्ने करिब ९३ प्रतिशतले सेवा लिएको बोर्डले जनाएको छ। प्रतिपरिवार पाँच जना सदस्यका लागि प्रतिवर्ष रु तीन हजार ५०० योगदान रकममा आधारमा रु एक लाखसम्मको उपचार सुविधा उपलब्ध छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend