मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

`साइटिका´ को उपचारमा नारायणी अस्पताललाई ऐतिहासिक सफलता

`साइटिका´ को उपचारमा नारायणी अस्पताललाई ऐतिहासिक सफलता

images
२०८२ चैत्र २३ गते, सोमवार
२०८२ चैत्र २३ गते, सोमवार
  • काठमाडौँ। बिरगंजको नारायणी अस्पतालले `साइटिका´ को उपचारमा ऐतिहासिक सफलता पाएको जनाएको छ।

    images

    आज सोमबार नसा च्यापिएको (PIVD L4-5) समस्या अर्थात `साइटिका भएका एक बिरामीको सो अस्पतालमा सफल शल्यक्रिया भएको हो।

    images

    शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था अहिले सन्तोषजनक रहेको अस्पतालले जनाएको छ।

    अस्पतालले भनेको छ, `यस सफलताको श्रेय अस्पतालका न्युरोसर्जन डा. सफरोज अंसारी नेतृत्वमा कार्यरत दक्ष OT टिमलाई जान्छ।´

    विशेष रूपमा एनेस्थेसिया टिमका डा. अमित र डा. अभिनाश, OT इन्चार्ज विश्वनाथ चौधरी तथा स्टाफ तबस्सुमको महत्वपूर्ण योगदानले शल्यक्रिया सफलतापूर्वक सम्पन्न हुन सकेको नारायणी अस्पतालले जनाएको हो।

    अस्पतालले सफल शल्यक्रियापछि भनेको छ, `नारायणी अस्पतालले यस उपलब्धिसँगै क्षेत्रीय स्तरमै गुणस्तरीय न्युरोसर्जरी सेवा प्रदान गर्न सक्ने आफ्नो क्षमता पुनः प्रमाणित गरेको छ। आगामी दिनहरूमा पनि यस्ता सेवाहरू निरन्तर प्रदान गर्दै बिरामीहरूको विश्वास जित्दै जाने हाम्रो प्रतिबद्धता रहेको छ।´

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend