मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

यो वर्ष चैतमा मात्र २३ ठाउँमा बर्डफ्लू

यो वर्ष चैतमा मात्र २३ ठाउँमा बर्डफ्लू

images
२०८२ चैत्र २३ गते, सोमवार
२०८२ चैत्र २३ गते, सोमवार
  • काठमाडौँ। पशु सेवा विभागका अनुसार यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लू रोग देखिएको छ।

    images

    विभागका अनुसार २०८२ को चैत महिनाको हालसम्म २३ ठाउँमा बर्डफ्लू रोग देखिएको हो। विभागका महानिर्देशक डा. उमेश दाहालले यसअघि चैत अगाडि यस वर्ष बर्डफ्लू नदेखिएको बताउँदै चैतमा मात्र देखिएको जानकारी दिएका हुन्।

    images

    यस वर्ष पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैँचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लू पुष्टि भएको थियो।

    विभागका महानिर्देशक डा. दाहालका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई ठाउँ, चितवनमा एक ठाउँ र काठमाडौँमा एक स्थानमा बर्डफ्लू रोग देखिएको हो। बर्डफ्लू देखिएको स्थानलाई नियन्त्रणमा लिई सकिएको उनको भनाइ छ।

    यो वर्ष बर्डफ्लू देखिएका एक लाख चार हजार कुखुरा एवं हाँस नष्ट गरिएको छ। काठमाडौँको त्रिभुवन विश्वविद्यालय परिसरका कागमा पनि चैतमा नै बर्डफ्लू देखिएको थियो।

    सुनसरी, झापा र मोरङमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि ती जिल्लामा पशुपक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको महानिर्देशक डा. दाहालले बताए।

    सरकारले बर्डफ्लू देखिएपछि हाँस, कुखुरा नष्ट गर्ने गर्दछ र सो बापत ७५ प्रतिशत क्षतिर्पूति किसानलाई उपलब्ध गराउँदै आइएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend