मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ तयार गर्न २१ सदस्यीय कार्यदल गठन

मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३ तयार गर्न २१ सदस्यीय कार्यदल गठन

images
२०८२ चैत्र २३ गते, सोमवार
२०८२ चैत्र २३ गते, सोमवार
  • काठमाडौं। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणले २०८३ का लागि मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउन २१ सदस्यीय कार्यदल गठन गरेको छ।

    images

    सोमबार प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टको अध्यक्षतामा भएको छलफलमा विषयगत क्षेत्र (क्लस्टर) का सरकारी निकाय (leads) तथा सहयोगी निकाय (co-leads), सम्बन्धित विभागहरु, राष्ट्रसंघीय निकाय, विपद्को क्षेत्रमा क्रियाशील साझेदार संस्थाहरु एवं विज्ञहरुको सहभागितामा कार्यदल गठन गरिएको हो।

    images

    सो बैठकले कार्ययोजना तयार गर्न प्राधिकरणकै सहसचिव रोशनी कुमारी श्रेष्ठलाई कार्यदलको संयोजक तोकेको छ। बैठकमा सरोकारवालाबीच अन्तरक्रिया पनि गरिएको थियो।

    केही दिनअघि गृहमन्त्री सुदन गुरुङले वर्षा लाग्नु अघिनै प्रतिकार्य योजना बनाउन प्राधिकरणलाई निर्देशन दिएका थिए। सो निर्देशनपछि प्राधिकरणले तयारी अघि बढाएको हो।

    अन्तरक्रियाका क्रममा आगामी मनसुनका लागि तयार गरिने कार्ययोजनामा समावेश गर्नुपर्ने विषयवस्तुहरु, कार्ययोजनाको स्वरुप एवं गत वर्षको कार्ययोजना कार्यान्वयनका सिकाइ एवं असल अभ्यासहरुबारे छलफल भएको थियो।

    अन्तरक्रियामा सहभागीहरुले कार्ययोजना कार्यान्वयनयोग्य र निर्दिष्ट गरिएका लक्ष्यहरु हासिल गर्न सकिने हुनुपर्नेमा जोड दिएको प्राधिकरणले जानकारी दिएको छ।

    अन्तरक्रियाका क्रममा सबै सरोकारवाला निकायले विद्यमान जनशक्तिको अवस्था, पूर्वतयारी, प्रतिकार्य एवं सुरुवाती राहतका लागि आवश्यक मौज्दातको स्थिति एवं सम्पादन गर्ने क्रियाकलापहरुका बारेमा यथाशीघ्र विवरण उपलब्ध गराउने समझदारी बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend