काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. नारायणदत्त कँडेललाई नियुक्त गरेका छन्।
आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बागलुङ निवासी कँडेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन्।
राष्ट्रपतिको कार्यालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सो नियुक्तिका बारे जानकारी दिइएको हो।




