मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चैत २३ देखि सरकारी कार्यालय र शैक्षिक संस्था शनिबार र आइतबार बिदा

चैत २३ देखि सरकारी कार्यालय र शैक्षिक संस्था शनिबार र आइतबार बिदा

images
२०८२ चैत्र २२ गते, आइतवार
२०८२ चैत्र २२ गते, आइतवार
  • काठमाडौँ। सरकारले अबदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    images

    आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आगामी सातादेखि नै लागू हुने गरि यस्तो निर्णय गरेको हो। 

    images

    सरकारका प्रवक्ता सस्मित पोखरेलले आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको जानकारी दिए।

    ‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण  २०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयको समय बिहान ९ देखि ५ बजे बनाउने निर्णय भएको छ।’  प्रवक्ता पोखरेलले भने।

    त्यसैगरी बैठकले एसियाली विकास बैङ्क र विश्व बैङ्कले उपलब्ध गराउने ९० मिलियन अमेरिकन डलर बराबरको सहुलियतपूर्ण ऋण र विश्व बैङ्कबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ।

    यसैगरी बैठकले राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा पनि स्वीकृत गरेको पोखरेलले जानकारी दिए।  

    मन्त्रिपरिषद् बैठकले डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न कानुनी मान्यता दिने निर्णयसमेत गरेको छ। यो निर्णयसँगै अब डिजेल र पेट्रोलका गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न कानुनी बाटो खुलेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend