मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सभामुखमा डोलप्रसाद निर्विरोध, घोषणा आइतबार

सभामुखमा डोलप्रसाद निर्विरोध, घोषणा आइतबार

images
२०८२ चैत्र २० गते, शुक्रवार
२०८२ चैत्र २० गते, शुक्रवार
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध भएका छन्।

    images

    सभामुख पदका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम तय थियो। संघीय संसद् सचिवालयले तोकेको बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय भित्र अर्यालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध सभामुख बनेका हुन्।

    images

    संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सभामुख पदका लागि अर्यालको मात्र उम्मेदवारी परेको जानकारी दिए।

    तर, उनलाई आधिकारिक रुपमा सभामुख भने घोषणा गर्न बाँकी छ। आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाबाट उनी औपचारिक रूपमा सभामुख चयन भएको घोषणा हुनेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend