मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सभामुखको उम्मेदवारी दर्ता आज, २२ गते चुनाव

सभामुखको उम्मेदवारी दर्ता आज, २२ गते चुनाव

images
२०८२ चैत्र २० गते, शुक्रवार
२०८२ चैत्र २० गते, शुक्रवार
  • काठमाडौँ। प्रतिनिधि सभाको नयाँ सभामुख चयन गर्नका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। सभामुख चुन्न चैत २२ गते निर्वाचन हुँनेछ।

    images

    सङ्घीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गर्दै आज शुक्रबारका लागि उम्मेदवारी दर्ता गरिने जनाएको हो।

    images

    प्रकाशित तालिका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ भने २ः३० बजे सूचनाको दर्ता क्रमअनुसार सूची प्रकाशित गरिने छ।

    यस्तै चैत २२ गते बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने सङ्घीय संसद् सचिवालयले
    जनाएको छ।

    अर्याल पक्का

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ।

    बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अर्याललाई सभामुख बनाउने प्रस्ताव गरेका थिए। लगत्तै बैठकले सर्वसम्मत अनुमोदन गरेको थियो।

    प्रतिनिधिसभामा रास्वपाको बहुमत भएकाले अर्याल सभामुख बन्ने निश्चित छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend