मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

जेन-जी आन्दोलनको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति

जेन-जी आन्दोलनको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले बनायो समिति

images
२०८२ चैत्र १९ गते, बिहिवार
२०८२ चैत्र १९ गते, बिहिवार
  • नेपाली कांग्रेसले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका विषयमा गठित जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरेको छ।

    images

    कांग्रेसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटनाको सन्दर्भमा गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरी राय, सल्लाह र सुझावसहितको प्रतिवेदन पेस गर्न बिहीबार समिति बनाएको हो।

    images

    कांग्रेसले गठन गरेको समितिको संयोजक वरिष्ठ अधिवक्ता यदुनाथ खनाललाई बनाइएको छ। समिति पाँच सदस्यीय बनाइएको हो।

    समितिमा संयोजक खनालसहित पूर्वन्यायधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र (आरसी) गौतम र युवा अभियन्ता यजश्वी राई सदस्य तोकिएका छन्।

    उक्त समितिले कार्की आयोगको प्रतिवेदन अध्ययन गरी सात दिनभित्र कांग्रेस केन्द्रीय कार्यालयमा पेस गर्ने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend