काठमाडौँ। नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्वाचित भएका छन्।
आज भएको नेता चयनको प्रक्रियामार्फत बादल एमालेको संसदीय दलको नेता चुनिएका हुन्।
उनीसँगै युवा नेता सुहाङ नेम्बाङ पनि दलको नेताका लागि आकांक्षी थिए। तर उनले निर्वाचन प्रक्रियामा गएर पछि उम्मेदवारी फिर्ता गरेपछि बादल निर्वाचित भएका हुन्।
प्रतिनिधि सभामा एमालेका २५ सांसद निर्वाचित भएका थिए।



