काठमाडौँ। नेकपा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने सम्भावना बढेको छ। एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा र सुहाङ नेम्बाङले आकांक्षा देखाएका छन्।
आकाङ्क्षीहरूबिच सहमति जुट्न नसकेपछि एमालेको दलको नेता चुन्न निर्वाचन हुने अवस्था बढेको हो। यो विषयमा सहमति जुटाउन भन्दै आज एमालेको संसदीय दलको बैठक बसेको थियो। बैठकमा सहमति नजुटेपछि निर्वाचनको तयारी हुँदैछ।
एमाले सांसद ऐन महरले संसदीय नेता चयन गर्न सहमति नभएपछि निर्वाचनमा जाने तयारी भइरहेको जानकारी दिए। आजै सांसदहरूबिच चुनाव गरेर दलको नेता छान्ने तयारी भएको उनले बताएका हुन्।



