काठमाडौँ। पूर्वगृहमन्त्री रमेश लेखकको बयान अहिले काठमाडौ जिल्ला सरकारी वकिल कार्यालयमा भइरहेको छ। जेन-जी आन्दोलनमा प्रदर्शनकारीमाथि दमन गरेको आरोप उनीमाथि छ।
भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका समयमा लेखक गृहमन्त्री थिए। सो घटनाको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले लेखकलाई समेत कार्वाही सिफारिस गरेपछि गत शनिबार अर्थात चैत १४ गते उनी पक्राउ परेका थिए।
प्रहरीले काठमाडौ जिल्ला अदालतबाट उनलाई थुनामा राख पाँच दिनको म्याद पाएको थियो। सो म्याद आज सकिंदैछ। अहिले लेखकले जिल्ला सरकारी वकिल कार्यालयमा बयान जारी छ।
सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले लेखको बयान जारी रहेको बताए।
जेन-जी आन्दोलनमा गोली चलाउन आदेश दिएको भन्दै जाँचबुझ आयोगले उनीसहित तीन जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको थियो।



