मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

खोटाङमा सेनाको स्वास्थ्य शिविर, दुई सय भन्दा बढीको उपचार

खोटाङमा सेनाको स्वास्थ्य शिविर, दुई सय भन्दा बढीको उपचार

images
२०८२ चैत्र १७ गते, मंगलवार
२०८२ चैत्र १७ गते, मंगलवार
  • काठमाडौ। नेपाली सेनाले खोटाङमा संचालन गरेको स्वास्थ्य शिविरमा दुई सय भन्दा बढी बिरामीले सेवा लिएका छन्।

    images

    खोटाङ जिल्लामा तैनाथ नेपाली सेनाको रणभीम गणले नं.१८ फिल्ड एम्बुलेन्स गुल्म, जिल्ला अस्पताल तथा स्थानीय निकायहरुसँगको सहकार्यमा रतन्छा, साकेला-२ मा चैत्र १६ गते सोमबार स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

    images

    सो स्वास्थ्य शिविरबाट २०० भन्दा बढी स्थानीय बासिन्दा लाभान्वित भएको नेपाली सेनाले जनाएको छ। सेनाले स्थानीय जनतालाई सेवा दिने गरेर दुर्गम भेगमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ।

    आफ्ना विशेषज्ञ चिकित्सक तथा अन्य सरकारी अस्पतालहरुसँगको सहकार्यमा सेनाले यस्ता शिविरमार्फत सेवा दिंदै आइरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend