मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रदेश झर्दै कांग्रेस, १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसँग प्रत्यक्ष संवाद हुने

प्रदेश झर्दै कांग्रेस, १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसँग प्रत्यक्ष संवाद हुने

images
२०८२ चैत्र १७ गते, मंगलवार
२०८२ चैत्र १७ गते, मंगलवार
  • काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा प्राप्त परिणाम र हालको अवस्थाका बारेमा सातै प्रदेशमा छलफल आयोजना गर्न लागेको छ।

    images

    कांग्रेसले प्रतिनिधि सभाको गत निर्वाचनमा नसोचेको परिणाम पाएपछि १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसँग प्रत्यक्ष संवाद र समीक्षा गर्न भन्दै प्रदेश झर्न लागेको हो। यो कार्यक्रम सातै वटा प्रदेशमा आयोजना हुनेछ।

    images

    कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत १० र ११ गते सम्पन्न बैठकले १६५ वटै निर्वाचन क्षेत्रका उम्मेदवारसँग प्रत्यक्ष संवाद र समीक्षा गर्ने निर्णय गरेको थियो। कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार केन्द्रीय प्रतिनिधिको उपस्थितिमा सबै निर्वाचन क्षेत्रका उम्मेदवारसँग क्षेत्रगत अध्ययन र समीक्षा गरिनेछ।

    कुन प्रदेशमा को प्रतिनिधि?

    कांग्रेसले प्रदेशमा हुने कार्यक्रममा सातै प्रदेशका लागि छुट्टाछुट्टै मिति, स्थान र संयोजक तोकेको छ। जसअनुसार  कोशी प्रदेशको विराटनगरमा चैत २३ गते कार्यक्रम हुनेछ।
    कोशी प्रदेशमा सहमहामन्त्री डा. डिला संग्रौला पन्तको संयोजनमा कार्यक्रम आयोजना हुनेछ।

    यसैगरी मधेश प्रदेशको जनकपुरमा चैत २५ गते छलफल आयोजना हुनेछ। सो प्रदेशमा सहमहामन्त्री फरमूल्लाह मंसुरको संयोजनमा समीक्षा बैठक बस्नेछ।

    यसैगरी, गण्डकी प्रदेशको पोखरामा चैत २७ गते कांग्रेस प्रवक्ता देवराज चालिसेको संयोजनमा कार्यक्रम हुनेछ भने लुम्बिनी प्रदेशको दाङमा चैत २९ गते योगेन्द्र चौधरीको संयोजनमा कार्यक्रम तय गरिएको छ।

    यसैगरी २०८३ वैशाख ३ गते कर्णालीको सुर्खेतमा सहमहामन्त्री कर्णबहादुर बुढाको संयोजनमा कार्यक्रम हुने तय भएको छ भने वैशाख ५ गते सुदूरपश्चिमको कैलालीमा अर्का सहमहामन्त्री प्रकाश रसाइली स्नेहीको संयोजनमा कार्यक्रम हुनेछ।

    यसैगरी वैशाख ७ गते बागमती प्रदेशको हेटौँडामा सहमहामन्त्री बहादुर सिंह लामाको संयोजनमा समीक्षा कार्यक्रम हुनेछ।

    कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित प्रदेशका संयोजकहरूसँग समन्वय गरी जिल्ला कार्यसमितिले व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने प्रेस नोटमा उल्लेख छ।

    कार्यक्रममा केन्द्रीय सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी, जिल्ला सभापति, क्षेत्रीय सभापति तथा प्रतिनिधि सभाका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend