मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सरकारको एक्सन : १४ जना डाक्टरको काज जहाँको त्यहीं फिर्ता

सरकारको एक्सन : १४ जना डाक्टरको काज जहाँको त्यहीं फिर्ता

images
२०८२ चैत्र १७ गते, मंगलवार
२०८२ चैत्र १७ गते, मंगलवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पायक पर्ने ठाउँमा काजमा रहेका १४ जना चिकित्सकलाई फिर्ता बाेलाएकाे छ। यसरी फिर्ता बोलाइएकाहरु अब आफ्नो दरबन्दी रहेकै स्थानमा जानू पर्नेछ।

    images

    मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै सेवा सुविधा लिएर पायक पर्ने स्थानमा काजमा बसेकाहरुलाई फिर्ता जान भनेको हो। उनीहरू नवाैँ र दशाैँ तहका विशेषज्ञ हुन्। उनीहरुलाई आफ्नै दरबन्दी रहेका स्थानमा बाेलाइएकाे हाे।

    images

    यसरी फिर्ता बोलाइनेहरुमा भरतपुर अस्पतालमा काजमा रहेकी इएनटी सर्जन डा.राेहिता बज्राचार्य, काेशी प्रदेशकाे मन्त्रीपरिषद् कार्यालयमा काजमा रहेका एनेस्थेसियाेलाेजिष्ट डा. जाेशनलाल बज्राचार्य, काेशी अस्पतालमा कार्यरत एनेस्थेसियाेलाेजिष्ट डा. विशाल कुमार देव, लुम्बिनी प्रदेश मन्त्रीपरिषद् कार्यालयमा कार्यरत कन्सल्टेन्ट रेडियाेलाेजिष्ट डा . प्रकाश ढकाल र कर्णाली प्रदेश मन्त्रीपरिषद् कार्यालयमा कार्यरत कन्सल्टेन्ट साईक्याट्रिस्ट डा. सुशील समदर्शीलाई गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा फिर्ता बाेलाईएकाे छ।

    यस्तै सुदूरपश्चिम मन्त्रीपरिषद् कार्यालयमा कार्यरत मेसु डा. सन्ताेष कुमार गुप्ता र कन्सल्टेन्ट सर्जन डा. नवीन चन्द्र भट्ट तथा पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका कन्सल्टेन्ट डर्माटाेलाेजिष्ट डा. समन्ता शर्मा र बाग्मती मन्त्रीपरिषद् कार्यालयमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट रेडियाेलाेजिष्ट डा. सुयाेग्य वाग्लेलाई डडेलधुरा अस्पताल पठाईएकाे छ।

    यसैगरी वीर अस्पतालमा कार्यरत वरिष्ठ ईएनटी सर्जन डा.साेनिका धरी श्रेष्ठ, पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका प्रमुख ल्याव टेक्नाेलाेजिष्ट संजाेग तिमिल्सिना, मन्त्रीपरिषद् कार्यालय लुम्बिनीमा रहेका कन्सल्टेन्ट गाइनेकाेलाेजिष्ट डा. अरुण ज्ञवाली, स्वास्थ्य सेवा विभागमा रहेका वरिष्ठ फिजिसियन डा. मुकेश पाैडेल र कान्ति बाल अस्पतालमा कार्यरत कन्सल्टेन्ट साइक्याट्रिष्ट डा.दिपेश भट्टराईलाई नारायणी अस्पताल वीरगन्ज पठाइएकाे छ।

    दरबन्दी भएकै अस्पतालकाे सेवा प्रभावकारी बनाउन यस्तो निर्णय गरिएकाे मन्त्रालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend