काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री शाहले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाएका हुन्। आजको बैठकले केही नियुक्तिसहितका महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले बैठक ४ बजेका लागि बोलाइएको बताए।
बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।



