काठमाडौँ। सरकारले नेपाललाई आरोग्य पर्यटनको हब बनाउन आगामी १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने तयारी गरेको छ।
बालेन्द्र शाह (बालेन) देशको प्रधानमन्त्री बनेपछि शुक्रबार बसेको पहिलो मन्त्रीपरिषद बैठकले सुधारका १०० बुँदे कार्यसुची स्वीकृत गरेको थियो। सो कार्यसुचीको बुँदा नम्बर ७३ मा आगामी १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गरिने उल्लेख छ।
सो बुँदामा, `७३. नेपाललाई आरोग्य पर्यटन (पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सा लगायत) को हब बनाउन १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने।´
यसैगरी सो बुँदामा आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाको रूपमा लिई "Nepal Wellness Year 2027" मनाउन अन्तरनिकाय समन्वय संयन्त्र बनाउने भनिएको छ।
यस्तै नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेकोमा उक्त प्रस्तावमा मतदान गर्ने सबै सदस्य राष्ट्रहरूलाई सरकाले धन्यवादसमेत दिएको छ।



