काठमाडौँ। नेपाल फार्मेसी परिषद्को फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षा ५३.३५ प्रतिशत उत्तीर्ण भएका छन्।
परिषद्ले आज सञ्चालन गरेको ३० औँ नाम दर्ता परीक्षामा ५३.३५ प्रतिशत उत्तीर्ण भएको रजिष्ट्रार सञ्जीवकुमार पाण्डेयले जानकारी दिए। नतिजा आजै सार्वजनिक भएको हो।
पण्डेका अनुसार परीक्षाका लागि आवेदन दिएका मध्ये २ हजार २ जनाको आवेदन स्वीकृत भए पनि परीक्षामा १ हजार ९२३ जना सहभागी थिए। त्यसमध्ये पनि १ हजार २६ जना (५३.३५ प्रतिशत) उत्तीर्ण भएका हुन्।
विहान देखि सञ्चालित परीक्षाको नतिजा परिषद्ले २२० औं बैठकद्धारा प्रकाशित गर्ने निर्णय गरेको थियो।




