मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चिकित्सक संघको चुनाव फेरि सर्यो

चिकित्सक संघको चुनाव फेरि सर्यो

images
२०८२ चैत्र १४ गते, शनिवार
२०८२ चैत्र १४ गते, शनिवार
  • काठमाडौँ। नेपाल चिकत्सिक संघको निर्वाचनको मिति फेरी परिमार्जन भएको छ।

    images

    संघको केन्द्रीय कार्यालयमा शनिबार भएको सर्वपक्षीय बैठकले निर्वाचनको नयाँ मिति तय गरेको हो। अब संघको नयाँ कार्यसमिति चयन गर्न काठमाडौँ उपत्यका बाहिर बैशाख ४ र ५ गते तथा काठमाडौँ उपत्यका भित्र बैशाख १८ र १९ गते निर्वाचन हुनेछ।

    images

    यसअघि निर्वाचन समितिले चैत ११ गते मात्र नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसबखत उपत्यका बाहिर चैत २८ र २९ गते र  काठमाडौँ उपत्यका भित्र २०८३ बैशाख १०, ११ र १२ गते निर्वाचन गर्ने गरी कार्यतालिका ल्याएको थियो।

    केन्द्रीय निर्वाचन समितिको पहलमा आज शनिबार संघको केन्द्रीय कार्यालयमा बसेको उम्मेदवारसहितको सर्वपक्षीय बैठकपछि नयाँ कार्यतालिका सार्वजनिक भएको हो।

    यसअघि संघको निर्वाचनका क्रममा निर्वाचन समितिको कामकारबाही र उम्मेदवारीका विषयमा विवाद हुँदा अदालतमा मुद्दा दायर भएपछि निर्वाचन रोकिएको थियो।

    तर सो मुद्दा उपर पाटन उच्च अदालतले फैसला गरेपछि निर्वाचन समितिले नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको थियो  अदालतले यसअघि उम्मेदवारी दिएका सबै चिकित्सकको उम्मेदवारी कायम हुने गरी फैसला गरिसकेको छ।

    निर्वाचन समिति प्रमुखमा निर्वाचन अधिकृत डा. प्रणय रत्न शाक्य छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend