काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ।
प्रहरीले ओलीलाई आज विहान भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको थियो। पक्राउ परेलगतै उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएको थियो भने त्यहा केहीबेर राखेर स्वास्थ्य परिक्षण गर्न शिक्षण अस्पताल लगिएको थियो।
सो क्रममा ओलीको स्वास्थ्य परीक्षण गर्दा मुटुमा समस्या देखिएकोले भर्ना गरिएको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईले जानकारी दिए।
ओलीलाई अस्पतालको ५०१ नम्बर बेडमा मुटु र मिर्गौला रोग विशेषज्ञ चिकित्सकको निगरानीमा राखिएको डा. सेढाईले जानकारी दिएका हुन्।
जेन-जी आन्दोलन दमन गरेको भन्दै आन्दोलनका बारे छानविन गर्न गठित पूर्वन्यायाधीश गौरीवहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिसको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।



