बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कान्ति अस्पतालमा जेठ भित्र अत्याधुनिक ‘मोडुलर अपरेसन थियटर’ स्थापना गरिने

कान्ति अस्पतालमा जेठ भित्र अत्याधुनिक ‘मोडुलर अपरेसन थियटर’ स्थापना गरिने

images
२०८१ कार्तिक २७ गते, मंगलवार
२०८१ कार्तिक २७ गते, मंगलवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले महाराजगञ्जस्थित कान्ति बाल अस्पताललाई ‘मोडुलर अपरेसन थियटर’ निर्माणका लागि सहयोग गर्ने भएको छ।

    images

    काठमाडौं महानगरपालिकाले त्यसका लागि कान्ति अस्पताललाई आर्थिक सहयोग सम्बन्धि सम्झौता गरेको हो। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र अस्पतालका निर्देशक पंकज रायले निर्माण तथा उपकरण जडानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन।

    images

    अस्पतालका निर्देशक डा रायले महानगरले `मोडुलर अपरेसन थियटर’ का लागि अस्पताललाई पाँच करोड ५० लाख उपलब्ध गराउन सम्झौता गरेको जानकारी दिए।

    सम्झौता अनुसार मोडुलर अपरेसन थियटर निर्माण तथा उपकरण जडान आगामी २०८२ को जेठ मसान्तभित्र सम्पन्न गरिने छ।

    काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाइँले बालबालिकाको उपचार व्यवस्था सहज बनाउन कान्ति बाल अस्पताललाई सहयोगका लागि सम्झौता गरिएको जानकारी दिए।

    उनले बाल रोगको उपचारका लागि उक्त कार्य सम्पन्न भए पश्चात महानगरवासीले विशेष सहुलियत प्राप्त गर्ने अपेक्षा गरिएको बताए।

    सम्झौताअनुसार अस्पतालले मोडुलर ओटी बनाउन लागतअनुमान तयार पार्नेछ। सम्झौतामा उल्लेख भएको भन्दा धेरै लागत आएमा त्यसको दायित्व अस्पतालकै हुने सम्झौतामा भनिएको छ।

    लागत र ड्रइङ् डिजाइनका आधारमा खुला बोलपत्र आव्हान गर्ने, मूल्यांकन गर्ने, निर्माण पक्ष छनोट गर्ने र निर्माण कार्य गराउने दायित्व अस्पतालको हुनेछ।

    महानगरपालिकाले प्रगतिका आधारमा बढीमा तीन किस्तामा सम्झौताबमोजिम रकम उपलब्ध गराउने सम्झौतामा उल्लेख छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend