बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

`पूर्णबहादुरको सारङ्गी’को कलेक्सन २० करोड क्रस

`पूर्णबहादुरको सारङ्गी’को कलेक्सन २० करोड क्रस

images
२०८१ कार्तिक २६ गते, सोमवार
२०८१ कार्तिक २६ गते, सोमवार
  • काठमाडौं। विजय बराल अभिनीत चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा एघार दिनसम्ममा २० करोड ७५ लाख कलेक्सन गरेको छ।

    images

    गत १५ कार्तिक देखि संचालनमा आएको सो चलचित्रले दसौँ दिन शनिबारसम्म १८ करोड ग्रसको व्यापार गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले बताएकोमा आइतबार थप २ करोड ७५ लाख कमाएको हो।

    images

    सो चलचित्रले आइतबार एघारौं दिनमा करिब २ करोड ७५ लाख कलेक्सन गरेको वितरक मनोज राठीले बताए। देशभर आक्रामक रुपमा प्रदर्शनमा रहेको सो चलचित्रलाई दर्शकले जोड्दार रुपमा रुचाइरहेका छन।

    चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले अन्तरास्ट्रिय बजारमासमेत राम्रो उपस्थिति जनाउन थालेको बताइएको छ।

    देश भित्रको कूल कलेक्सनमा काठमाडौं उपत्यकाको हिस्सा ५२ प्रतिशत र मोफसलको ४८ प्रतिशत छ।

    आठ दिनसम्म ११ करोड १० लाख ग्रस कमाएको फिल्मले शुक्रवार २ करोड ९९ लाख र शनिवार ३ करोड ८९ लाख ग्रस कमाइ गरेको थियो।

    यही गतिमा चलचित्रको कमाइ अघि बढे यो चलचित्र नेपालमा नै सर्वाधिक कमाइ हुने चलचित्र बन्न सक्ने अवस्था छ।

    यसअघि सबै भन्दा धेरै कमाउने चलचित्रको रेकर्ड कबड्डी ४ ले राखेको थियो। सो चलचित्रले २३ करोड ५० लाख कलेक्सन गरेको निर्माताको दाबी थियो। तर चलचित्र विकास बोर्डले भने सो चलचित्रले २१ करोड ३८ लाखको रेकर्ड राखेको बताएको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend