बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

रबी लामिछाने थप १३ दिन हिरासतमै

रबी लामिछाने थप १३ दिन हिरासतमै

images
२०८१ कार्तिक २५ गते, आइतवार
२०८१ कार्तिक २५ गते, आइतवार
  • काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

    images

    आइतबार प्रहरीले लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराएकोमा जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

    images

    यस अघि गत २० कार्तिकमा १० दिनको म्याद थप गर्दै लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। सो म्याद २४ कार्तिक अर्थात हिजो शनिबार सकिएको हो।

    कास्की प्रहरीले लामिछाने विरुद्ध सहकारी  ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान गरिरहेको छ।

    लामिछाने २ कार्तिकदेखि अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन। त्यस अघि गत ८ कार्तिकमा ७ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुमति दिएको थियो।

    पहिलोपटक लामिछानेलाई गत ४ कार्तिकमा ६ दिनको म्याद थप भएको थियो। उनी २ कार्तिकमा काठमाडौबाट पक्राउ परेका थिए भने ३ गते शनिबार परेका कारण उनलाई ४ गते अदालत उपस्थित गराइएको थियो।

    जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा उनलाई प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगी आरोपमा बयान लिइसकेको छ भने बयानको प्रमाणिकरणसमेत सकिसकेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend