बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

विमानस्थल मर्मतका कारण मारमा अन्तर्राष्ट्रिय हवाइ यात्रु : समाधान खोज्न तीन मन्त्रीलाई ज्ञापनपत्र

विमानस्थल मर्मतका कारण मारमा अन्तर्राष्ट्रिय हवाइ यात्रु : समाधान खोज्न तीन मन्त्रीलाई ज्ञापनपत्र

images
२०८१ कार्तिक २३ गते, शुक्रवार
२०८१ कार्तिक २३ गते, शुक्रवार
  • काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे मर्मतका लागि दैनिक १० घण्टा बन्द हुने भएपछि हवाइ यात्रुहरु मारमा परेका छन।

    images

    अन्तर्राष्ट्रिय उडान कटौती हुँदा एयरलाइन्स कम्पनीहरुले हवाइ शुल्क ह्वात्तै बढाएका छन। जसले गर्दा वैदेशिक रोजगारीमा जाने अन्तरास्ट्रिय यात्रुहरु मारमा परेका हुन।

    images

    यो समस्यालाई सरकारले वेवास्ता गरेको भन्दै शुक्रबार वैदेशिक रोजगार ब्यवसायीहरुले नेपाल सरकारका परराष्ट्र मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं संस्कृति मन्त्री र पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई गुनासो गर्न पुगे।

    विमानस्थल कार्यालयले उडानको समय दैनिक १० घण्टा घटाएपछि सोही कारण देखाएर विदेशी वायुसेवा कम्पनीहरुले नेपालबाट हुने उडानमा दोब्बर भाडा बढाएपछि समस्या उत्पन्न भएको र यात्रुहरु मारमा परेको भन्दै उनीहरुले तीन जना मन्त्रीसँग गुनासो गरेका हुन।

    भेटपछि परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गरेको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ।

    `आज परराष्ट्र मन्त्रालयमा श्रम मन्त्री शरतसिंह भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसहितको बैठकमा मन्त्री डा राणाले उहाँहरुलाई विकसित पछिल्लो परिस्थितिको अध्ययन गरी आवश्यक निकासका लागि आग्रह गर्नुभएको हो।´ परराष्ट्र मन्त्री राणाको सचिवालयले भन्यो।

    भेटका क्रममा नेपालबाट टिकट नपाउने तथा धेरै नै महङ्गो हुने समस्या भएकाले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई केही समयका लागि भारतको विमानस्थल हुँदै जानुपर्ने अवस्थाका लागि कूटनीतिक पहल गरिदिन सङ्घका अध्यक्ष राजेन्द्र भण्डारी, पूर्व अध्यक्ष विमल गौतम एवं प्रनिनिधिहरु प्रज्ञान न्यौपानेलगायले मन्त्री डा राणसँग आग्रह गरेका थिए।

    अर्का मन्त्री पाण्डेले विमानस्थल मर्मतको कामको सूचना पहिल्यैदेखि दिइएकाले अहिले हवाइ कम्पनीहरुले आफूखुसी मूल्यबृद्धि गर्न नपाउने जिकीर गर्दै समस्याको समाधानका विकल्पकहरुका बारेमा छलफल गरिरहेको जवाफ दिए।

    उनले विमानस्थल मर्मत पनि गर्नैपर्ने काम भएकाले यसलाई निरन्तरता दिँदै यसबाट उत्पन्न असहज परस्थितिको समाधानका लागि विकल्पहरु खोजिने प्रतिबद्धतासमेत जनाएको वैदेशिक रोजगार ब्यवसायीहरुले बताएका छन।

    ब्यवसायीहरुले बिहीबार श्रम मन्त्री शरतसिंह भण्डारीलाईसमेत बिहीबार ज्ञापनपत्र बुझाएका थिए।

    उडानमा कटौती भएपछि १० देखि १५ हजार रुपैयाँमा पाइने काठमाडौं–दिल्लीको हवाई भाडा ७० हजार रुपैयाँसम्म पुगेको छ। त्यस्तै ३० देखि ४० हजार रूपैयाँसम्म पाइने मलेसिया तथा खाडी मुलुकको हवाई भाडा अहिले १ लाखभन्दा माथि पुर्याइएकाे छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend