बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

धनराजकी पुर्व पत्नीविरुद्ध `रेड नोटिस´

धनराजकी पुर्व पत्नीविरुद्ध `रेड नोटिस´

images
२०८१ कार्तिक २३ गते, शुक्रवार
२०८१ कार्तिक २३ गते, शुक्रवार
  • काठमाडौं। सहकारीको रकम अपचलनमा मुछिएकी नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पुर्व पत्नी ज्योति गुरुङ विरुद्ध `रेड नोटिस´ जारी भएको छ।

    images

    मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न गुरुङ विरुद्ध इन्टरपोलले `रेड नोटिस´ जारी गरेको हो।

    images

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले गुरुङ विरुद्ध इन्टरपोलले `रेड नोटिस´ जारी गरेको जनाएको हो। सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले गुरुङ विरुद्ध रेड नोटिस जारी भएको जानकारी दिएका हुन। उनका अनुसार ज्योतिबहादुर भण्डारीविरुद्ध पनि इन्टरपोलबाट रेड नोटिस जारी भएको छ।

    ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा संचालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा जाहेरी दर्ता गरेर उनीहरुविरुद्ध नोटिस जारी गर्न नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको थियो ।

    मितेरीको रकम अपचलन गरेको भन्दै सो सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए।

    गुरुङ र भण्डारीले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। गुरुङ र भण्डारी दुबै जना नेपाल बाहिर रहेको प्रहरीको अनुसन्धानले देखाएको छ।

    सहकारीको रकम अपचलन गरेको आरोपमा गुरुङ, भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। सो सहकारीबाट उनीहरुले १२ करोड ५१ लाख अपचलन गरेको आरोप छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend