काठमाडौं। उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठपर्व सम्पन्न भएको छ।ब्रतालुले छठ घाटमा आज विहान उदाउँदो सुर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन भएको हो।
ब्रतालुले हिजो साँझ अस्ताउँदो सुर्यलाई अर्घ्य दिएका थिए। चार दिनसम्म विधि पुर्वक मनाइएको छठ सकिएसँगै प्रसाद वितरण गर्ने गरिन्छ।
पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो। ब्रर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए।
तराई मधेश तथा पहाडी भेगमासमेत छठलाई भव्य रूपमा मनाइएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठका विभिन्न विधि गर्दै मनाइन्छ। भगवान सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व यसपटक गत मंलबारदेखि सुरु भएको थियो।



