मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सर्लाहीमा गगन थापाले भने- नौटंकी गर्दिनँ, चटके जस्तो कुरा पनि गर्दिनँ

सर्लाहीमा गगन थापाले भने- नौटंकी गर्दिनँ, चटके जस्तो कुरा पनि गर्दिनँ

images
२०८२ माघ १३ गते, मंगलवार
२०८२ माघ १३ गते, मंगलवार
  • काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले आफू नौटंकी देखाउन सर्लाही नआएको बताएका छन्।

    images

    मंगलबार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। चुनाव लड्न सर्लाही आएपछि उनले आफू यहाँको भाषा विस्तारै सिक्दै जाने बताए।

    images

    यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ मा उम्मेदवार बनेका छन्।

    उनले भने, ‘म यहाँको भएपछि यहाँको हुने हो नि त अब। त्यसैले म नौटंकी गर्दिनँ। म चटके जस्तो पनि कुरा गर्दिनँ। म जिम्मेवार भएर म तपाईंहरूको साथी-भाइ-छोरा। यसको जिम्मेवारी म निर्वाह गर्न चाहन्छु। यो जिम्मेवारी निर्वाह गर्ने क्रममा तपाईंहरू सबैको साथ सहयोग रहन्छ र २१ फागुनसम्म अब यो त्यो नभनिकन अब हामी वडागत रूपमा छलफल गर्छौं।’

    चुनावको बेलामा अहिले आएर हतारहतार गरेर सबै कुरा ढाँटढुट गरेर सबै कुरा गर्ने व्यक्ति आफू नभएको उनले स्पष्ट पारे।

    चुनावको बेलामा आएर फोटो खिच्ने, हात हल्लाउने, छु मन्त्र गरेर आफू नजान्ने उनले बताए।

    उनले अगाडि भने, ‘मलाई साथीहरुले के भन्नुभएको छ। हिजो आउँदै गर्दा दुई लाइन भए पनि यहाँको भाषामा बोल्नु पर्छ। सिक्नुस् भन्नुभयो। मैले भने म दुई लाइन यहाँको भाषामा बोल्न सिकेर आएर एकछिन आएर रातभरि घोकेर आएर यहाँ आएर गर्दिन। म यहाँको भइसकेपछि म त ६ महिनामा, ८  महिनामा यहाँको प्रत्येक व्यक्तिलाई नामले चिन्न चाहन्छु  ५ महिना, ६ महिना, ८ महिना, ९ महिना लाग्ला। १० महिना लाग्ला। एक वर्ष लाग्ला। म त यहाँको हुन चाहिसकेपछि ९/१० महिनापछि एक लाइन होइन। म खरर माइक समातेर यहाँको भाषामा भाषण गर्ने बन्छु नि।’

    अझै तीन दिन सर्लाही नै बस्ने भन्दै उनले त्यसपछि फेरि आफू काठमाडौँ जाने सुनाए।

    उनले भने, ‘अरू निर्वाचन क्षेत्रमा जान्छु। पार्टीको जिम्मेवारीमा छु। त्यसपछि फेरि आउँछु। सम्भव भएसम्म बढीभन्दा बढी दिन यहाँ बस्छु। जति सक्छु त्यति ठाउँमा पुग्छु। गाउँमा पुग्छु।’

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend