बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

अस्ट्रेलियामा गरिएको एक अध्ययन : २०५० सम्ममा क्यान्सरका कारण मृत्यु हुनेको संख्या दोब्बर

अस्ट्रेलियामा गरिएको एक अध्ययन : २०५० सम्ममा क्यान्सरका कारण मृत्यु हुनेको संख्या दोब्बर

images
२०८१ कार्तिक २१ गते, बुधवार
२०८१ कार्तिक २१ गते, बुधवार
  • सिड्नी। अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको संख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ।

    images

    अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ। याे सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो।

    images

    युनिभर्सिटी अफ क्विन्सल्यान्डका हब्तामु बिजुआयेहुको नेतृत्वमा अनुसन्धानकर्ताहरूले १८५ देशका ३६ प्रकारका क्यान्सरका विरामी र मृत्युदरको विश्लेषण गरी सन् २०५० को संयुक्त राष्ट्रसंघको जनसंख्या पूर्वानुमानमा यो दर लागु गरेर भविष्यका क्यान्सरका विरामी र मृत्युको प्रक्षेपण गरेका थिए।

    सन् २०२२ मा दुई करोड क्यान्सर भएकामा सन् २०५० मा तीन करोड ५३ लाख पुग्ने अनुमान गरिएको छ। संयुक्त राष्ट्रसंघको मानव विकास सूचकांक (एचडीआई)मा कम वरीयता भएका देशहरूमा सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्यु दर तीन गुणाले बढ्ने अनुमान गरिएको छ।

    सन् २०५० मा फोक्सोको क्यान्सर यस रोगका कारण हुने मृत्युको प्रमुख कारण रहने अनुमान गरिएको छ, जुन सन् २०२२ मा १८.७ प्रतिशत रहेको थियो।

    सन् २०२२ देखि २०५० को बीचमा महिलाको तुलनामा पुरुषमा क्यान्सरका बिरामी र मृत्यु हुनेको संख्या केही बढी हुने अध्ययनले देखाएको छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend