शुक्रवार, आश्विन ३० गते २०८३    

शुक्रवार, आश्विन ३० गते २०८३    

आन्दोलनका घाइतेको उपचार वापत् अस्पताललाई शोधभर्ना उपलब्ध गराउने कार्यविधि २०८२ जारी

आन्दोलनका घाइतेको उपचार वापत् अस्पताललाई शोधभर्ना उपलब्ध गराउने कार्यविधि २०८२ जारी

images
२०८२ पौष १ गते, मंगलवार
२०८२ पौष १ गते, मंगलवार
  • काठमाडौं। देशका विभिन्न आन्दोलन, द्वन्द तथा प्राकृतिक प्रकोपका घाइतेहरूको औषधी उपचार गरे वापत् अस्पतालहरूलाई शोधभर्ना उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ स्वीकृत भएको छ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रीको गत मंसिर ५ गतेको निर्णयानुसार सो कार्यविधि स्वीकृत भएको हो। सो कार्यविधि बारे मंगलबार मन्त्रालयले सार्वजनिक रुपमा जानकारी दिएको छ।

    images

    यो कार्यविधि २०८१ चैत्र १५ गतेको आन्दोलन (तीनकुने, काठमाडौं) र २०८२ भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका घाइतेहरूलाई समेत समेटेर जारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    कार्यविधिले निःशुल्क स्वास्थ्य उपचार गराए वापत् सम्बन्धित अस्पतालहरूलाई शोधभर्ना उपलब्ध गराउने कार्यलाई व्यवस्थित बनाउने मन्त्रालयले भनेको छ।

    कार्यविधि अर्थ मन्त्रालयको समेत राय र सहमति लिइ जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सरकारले वार्षिक रुपमा विनियोजन गरेको वजेटको सीमाभित्र रही कार्यविधि अनुसारको सेवाको ब्यवस्था मिलाइने छ।

    यस्तो छ कार्यविधि:

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend