बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

सुरक्षा सङ्गठन र निजामती प्रशासनलाई जनताको दूत भएर काम गर्न गृहमन्त्रीको आग्रह

सुरक्षा सङ्गठन र निजामती प्रशासनलाई जनताको दूत भएर काम गर्न गृहमन्त्रीको आग्रह

images
२०८२ मंसिर २९ गते, सोमवार
२०८२ मंसिर २९ गते, सोमवार
  • पोखरा। गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा सङ्गठन र निजामती प्रशासनलाई जनताको दूत भएर काम गर्न आग्रह गरेका छन्।

    images

    सोमबार गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन गर्दै उनले वर्तमान सरकार नागरिक स्तरबाट बनेको गैर-दलीय सरकार भएकोले सम्पूर्ण सुरक्षा सङ्गठन र निजामती प्रशासनलाई पनि आफ्ना सेवा प्रवाह गर्दा जनताकै दूत भएर काम गरिदिन आग्रह गरेका हुन्।

    images

    "हाम्रो सेवा प्रवाहमा पहिलेभन्दा अझै बढी रफ्तार र सेवा भावको भावना झल्किने गरी काम गर्न सके मात्रै जनताले विशेष गरी अहिलेको नव पुस्ताले चाहेको खोजेको सुशासन र भ्रष्टाचार मुक्त समाजको परिकल्पना गर्न सकिन्छ।´´ गृहमन्त्री अर्यालले भने।

    जेनजी पुस्ताले गरेको आन्दोलन सुशासनकै लागि गरिएको आन्दोलन भएको र राज्यको तर्फ बाट भएको कमीकमजोरीले नै यो अवस्था सिर्जानको भएको उनको भनाइ थियो।

    ``सुशासन कायम गर्न सकिएन र फेरी फेरी यस्तै आन्दोलन भयो भने कुनै पनि निर्वाचित दल वा शक्तिले लिएर आउने ४ वर्षे म्यान्डेट वा कुनै त्यस्ता म्यान्डेटले यो समाजमा अर्थ राख्दैन, त्यसैले त्यस्ता म्यान्डेट बिचैमा भंग हुन सक्छ भन्ने तर्फ सबैले बुझ्नु पर्छ।´´मन्त्री अर्यालले भने।

    सुशासनलाई कुनै पनि विषयमा सम्झौता गर्ने विषय नभएकोले यस्ता कुनै पनि आन्दोलनले राष्ट्रको भविष्य नै खतरामा पर्ने सक्ने तर्फ सबै सजग हुने पर्ने बोध जेन जी आन्दोलनले उजागर गरिदिएको उनले प्रष्ट पारे।

    "सेवा प्रभाव राम्रो भएन, भ्रष्टाचार भइरह्यो, सुशासन कायम हुन सकेन भने विद्रोहका स्वर र शक्ति जुन कुनै रूपमा प्रकट हुने रहेछ भन्ने तर्फ पनि सबैले बुझ्नु पर्ने कुरा हो।" उनले भने।

    अव पनि यो वा त्यो बहानामा जेन जी पुस्ताको जन-आन्दोलन र सडक सङ्घर्षलाई नजरअन्दाज र अवमूल्यन गर्ने हो भने पुनः त्यस्ता घटनाको पुनरावृत्ति नहोला भन्न नसकिने उनको भनाइ थियो।

    यसै जन-आन्दोलनले गर्दा नै अव नव पुस्ताको राजनीतिमा मूल प्रवाहीकरण हुँदै जाने समेत उनले विश्वास व्यक्त गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend