बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

दैनिक तीन लाख सिटामोल उत्पादन, अभाव छैन

दैनिक तीन लाख सिटामोल उत्पादन, अभाव छैन

images
२०८१ कार्तिक १९ गते, सोमवार
२०८१ कार्तिक १९ गते, सोमवार
  • काठमाडौं। नेपाल औसधि लिमिटेडले दैनिक तीन लाख सिटामोल उत्पादन गरिरहेको बताएको छ।

    images

    डेंगु संक्रमण बढ्दैजाँदा बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला चलेपछि एक्सरे नेपालले नेपाल औषधि लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुसँग सो विषयमा जानकारी माग्दा दैनिक तीनलाख सिटामोल उत्पादन हुँदै आएको र अभाव नरहेको जानकारी दिए।

    images

    `डेंगु संक्रमण बढ्दैजाँदा हल्ला चलेको हुनसक्छ, तर अभाव छैन, लिमिटेडले दैनिक तीन लाख सिटामोल उत्पादन गरिरहेको छ, नियमित उत्पादनले बजारको माग र आपूर्तिको ब्यवस्थापनमा कुनै समस्या छैन,´ पनेरुले भने।

    उनले सिटामोल लगायतका अन्य औसधिजन्य उत्पादनका लागि दैनिक दुई सिफ्टमा काम गरिंदै आइरहेको पनि जानकारी दिए। लिमिटेडले सिटामोलसहित जीवनजललाई पनि उत्पादनमा प्राथमिकतामा राख्दै आएको छ।

    लिमिटेडले केहीदिन अघिसमेत सूचना जारी गर्दै सिटामोल अभाव नरहेको भन्दै ध्यानकर्षण गराएको थियो।

    यस्तै खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै भण्डारणकर्ता, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई मागअनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको सूचनामा उल्लेख छ ।

    लिमिटेडले पछिल्लो समय बढिरहेको डेंगसउ संक्रमणलाई लक्षित गर्दै सर्वसाधारणका लागि सिटामोल सहज रुपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौँ, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले आवश्यकता अनुसारको खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ। सो काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिटामोल खरिद गर्नसक्ने लिमिटेडले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend