काठमाडौं। नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणमा लुम्बिनी लायन्स विजेता बनेको छ।
सुदुरपश्चिम रोयल्सलाई उपविजेतामा सिमित गर्दै लुम्बिनी लायन्स दोस्रो संस्करणको आइपीएलमा विजेता बनेको हो। विजेता टिम लुम्बिनी लायन्सले १ करोड १० लाख पाउने छ।
यसैगरी यो संस्करणमा पनि उपविजेतामै सिमित बनेको सुदूरपश्चिम रोयल्सले ५१ लाख पाउनेछ।सुदूरपश्चिम रोयल्स पहिलो संस्करणमा पनि उपविजेतामै सिमित बनेको थियो।
यो पटक तेस्रो स्थान बनाएको विराटनगर किंग्सले २५ लाख र चौथो स्थानमा खुम्चिएको काठमान्डु गोर्खाजले भने १५ लाख पाउनेछ।



