बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

आगलागीका घटनाबाट एक महिनामा ८ को मृत्युु, ५५ जना घाइते

आगलागीका घटनाबाट एक महिनामा ८ को मृत्युु, ५५ जना घाइते

images
२०८२ मंसिर २७ गते, शनिवार
२०८२ मंसिर २७ गते, शनिवार
  • काठमाडौं। एक महिनाको अवधिमा देशका विभिन्न भुभागमा आगलागीका घटनामा परेर ८ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन्।

    images

    पछिल्लो समय सुख्खायाम र चिसो बढ्दै गएका कारण आगलागीका घटना बढ्दै गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणले जनाएको हो। 

    images

    प्राधिकरणले शुक्रबार विज्ञप्ति जारी गरेर कात्तिक २५ देखि मंसिर २६ सम्मको एक महिने अवधिमा देशका विभिन्न स्थानमा गरेर ८ जनाको आगलागीबाट ज्यान गएको र ५५ जना घाइते भएको जानकारी दिएको हो।

    प्राधिकरणका अनुसार विद्युत सर्ट भएर, खाना पकाउने ग्याँस लिक भएर, फुस तथा खरका छाना भएका कच्ची घर तथा गोठमा आगो सल्किएर, आगो नजिकै राखिएका प्रज्वलनशिल पदार्थबाट,आगो बालिएको ठाउँ नजिकै सुतेका समयमा कपडामा सल्किएर यस्ता घटना भएको पाइएको छ।

    आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend