बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

चार मन्त्रीले लिए सपथ, लगत्तै पदभार ग्रहण

चार मन्त्रीले लिए सपथ, लगत्तै पदभार ग्रहण

images
२०८२ मंसिर २६ गते, शुक्रवार
२०८२ मंसिर २६ गते, शुक्रवार
  • काठमाडौं। सरकारमा चार नयाँ मन्त्री थपिएका छन्। शुक्रबार चौंथो पटक मन्त्रिपरिषद् विस्तार भएको हो। 

    images

    प्रधानमन्त्री शुशिला कार्कीको सिफारिसमा चारै जना नवनियुक्त मन्त्रीलाई शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ गराएका छन्।

    images

    राष्ट्रपति पौडेलले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ, वन तथा वातावरण मन्त्री माधव चौलागाईं, श्रम तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलाई शपथ गराएका हुन्।

    नवनियुक्त मन्त्रीहरूले शुक्रबार नै पदभार ग्रहण समेत गरे।

    यसैबीच कानुन तथा संसदीय मामिलासहित उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका अनिल सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।

    मन्त्रिपरिषद् विस्तारको क्रममा सिन्हाले सम्हाल्दै आएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी भने इङ्नामलाई दिइएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend