बिहिवार, आश्विन २९ गते २०८३    

बिहिवार, आश्विन २९ गते २०८३    

गाँजा ओसार्न एम्बुलेन्स!

गाँजा ओसार्न एम्बुलेन्स!

images
२०८२ मंसिर २१ गते, आइतवार
२०८२ मंसिर २१ गते, आइतवार
  • सर्लाही। सर्लाहीको हरिवन नगरपालिकामा तस्करहरूले  एम्बुलेन्स एम्बुलेन्सको प्रयोग गरेर गाँजा ओसार्ने गरेको पाइएको छ। 

    images

    हरिवन–५ घुर्कौलीस्थित हीरालाल टोलमा नेपाल रेडक्रस सोसाइटीको नाममा दर्ता भएको एम्बुलेन्सबाट प्रहरीले आइतबार बिहानै गोप्य सूचनाका आधारमा ५१ किलो ५०० ग्राम गाँजा बरामद गरेको हो। प्रहरीले उक्त एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ।

    images

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सो एम्बुलेन्स नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वा (सर्लाही) को नाममा दर्ता भएको पाइएको छ। ज १ च १५५८ नम्बरको एम्बुलेन्सलाई इलाका प्रहरी कार्यालय हरिवनको टोलीले पछ्याउँदै चेक जाँच गर्दा गाँजा फेला परेको थियो।

    एम्बुलेन्सको पछाडिको भागमा बोराभित्र लुकाइछिपाइ राखिएको ठूलो परिमाणको गाँजा फेला पारेको प्रहरीले जनाएको छ।

    प्रहरीले एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठा बस्ने ३७ वर्षीय सुरेन्द्र राय यादव लाई पक्राउ गरेको छ।

    बरामद गाँजा, एम्बुलेन्स र चालकलाई इलाका प्रहरी कार्यालय हरिवनमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend