बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

प्रतिनिधि सभा निर्वाचन : सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

प्रतिनिधि सभा निर्वाचन : सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

images
२०८२ मंसिर ११ गते, बिहिवार
२०८२ मंसिर ११ गते, बिहिवार
  • काठमाडौं। फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सेना परिचालन गर्न राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृति दिएका छन्।

    images

    राष्ट्रपति पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई बिहीबार स्वीकृति प्रदान गरेका हुन्।

    images

    राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन सुरक्षालाई सुदृढ बनाउन सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले सेना परिचालनका लागि अनुमोदन गरेको उल्लेख छ।

    प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को २०८२ साल मंसिर ८ गतेको निर्णयका आधारमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ।

    आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षा व्यवस्था गर्न सेना परिचालन गरिने विज्ञप्तिमा स्पष्ट पारिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend