मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेसमा बढ्दै किचलो, बैठक सातौं पटक फेरि सर्यो

कांग्रेसमा बढ्दै किचलो, बैठक सातौं पटक फेरि सर्यो

images
२०८२ मंसिर १० गते, बुधवार
२०८२ मंसिर १० गते, बुधवार
  • काठमाडौं। नेपाली कांग्रेस भित्रको किचलो झनै बढ्दै गएको छ। पछिल्लो समय कांग्रेस भित्रको संस्थापन मानिने समूह पहिले प्रतिनिधि सभा निर्वाचन र त्यसपछि पार्टीको नियमित महाधिवेशनको रटानमा छ। यस्तै इतर समूह चुनाब अघि नै नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको एजेण्डा सहित वारपारको स्थितिमा छ। यही कारण कांग्रेस भित्र केही समय यता आन्तरिक कलह चलिरहेको छ, त्यो पनि पार्टी कार्यालय भन्दा धेरै बाहिर।

    images

    कांग्रेसको केन्द्रीय समिति बैठक गत असोज २८ गते यता सरेको सर्यै छ। त्यस अघि बैठकमा पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यलेसमेत आफ्ना धारणा राखिसकेका थिए। यो बैठककै बिचमा कांग्रेसको संस्थापन समुहमा रहेका केही नेता यताउता गुट अदलबदल भए। त्यसपछि निर्णय दिने भनिएको बैठक सरेको सर्यै छ। अझ भनौं १५औँ महाधिवेशनको मिति र कार्य तालिकामा संस्थापन र इतरको मतभेद कायम रहेकाले कांग्रेसले कुनै पनि निर्णय गर्न सकेको छैन।

    images

    बुधबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबारका लागि (मंसिर ११ गते) डाकिएको बैठक फेरि एक दिन धकेलिएको सूचना टाँसे। यो सूचना टाँस सँगै कांग्रेस बैठक फेरि एकपटक एकदिन धकेलिएको छ। यो सहित मंसिर २८ यता ७ पटक यही बैठक बस्दै नबसी सर्दै आएको छ।

    यसअघि बैठक असोज २८, कात्तिक २९, मंसिर १, मंसिर ४, मंसिर ६ हुँदै मंसिर ११ गतेका लागि सरेको थियो। बुधबार पुन: मंसिर १२ सम्म धकेलिएको हो।

    बिहीबार दिउँसो २ बजे बस्ने गरी तय भएको बैठक शुक्रवार (मंसिर १२) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ सूचनामा उल्लेख छ।

    स्रोतका अनुसार बुधवार कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग महाधिवेशन तिथि मितिका विषयमा अनौपचारिक छलफल गरेपछि कुरा नमिल्दा बैठक फेरि सारिएको हो। 

    महामन्त्री थापा र शर्मा पुस महिनाभित्रै नियमित महाधिवेशन सम्पन्न नगर्ने हो भने विशेष महाधिवेशनको विकल्प नरहेको अडानमा छन्। उनीहरूले प्रस्तुत गरेको कार्यतालिकाअनुसार मंसिरमै वडा, क्षेत्र र जिल्ला अधिवेशन सकेर पुसमा केन्द्रीय महाधिवेशन गर्नुपर्ने प्रस्ताव छ।

    तर सभापति शेरबहादुर देउवानिकट पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि मात्रै अर्थात् वैशाख २०८४ मा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

    कांग्रेस विधानको धारा १७(२) मा केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खुलाएर माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने उल्लेख छ। तर अहिले कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नै माग गरिसकेकाले विधानतः विशेष महाधिवेशन बोलाउनुपर्ने दबाब कांग्रेस भित्र छ।

    यस्तो छ पुन: बैठक सरेको कांग्रेसको सूचना:

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend